Nepal Purbadhar

नाइमा मोबिलिटी एक्स्पो साउन तेस्रो साता आयोजना हुने, ३५ नयाँ प्रोडक्ट लन्च हुँदै


काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५  साउन २१ गतेदेखि सुरु  हुने भएको छ ।

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफेक्चर्स  एशोसिएसन (नाइमा) ले  सोमबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । राजधानीको भृकुटी मण्डपमा एक्स्पो सञ्चालन  हुनेछ ।

मोबिलिटी एक्स्पोका संयोजक शिरीष मुरारकाले यो देशकै ठूलो एक्स्पो भएको बताए । उनका अनुसार

एक्स्पो भव्य र व्यवस्थित  रुपमा सञ्चालन गरिने छ।

नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले मोलिबिटी एक्स्पोमा पार्किङको समस्या नहुने बताइन् । उनले नेपाल पुलिस क्लबमा  पार्किङमा व्यवस्थापन मिलाएको बताइन् । २५० भन्दा बढी कारहरु पार्किङ गर्न सकिनेछ  ।

नाइमाले पहिलो पटक अटो शो गर्न लागेको हो ।  एक्स्पोमा प्रवेश शुल्क २०० रुपैयाँ तोकिएको छ । विद्यार्थीले टिकटमा ५० प्रतिशत छुट पाउनेछन् ।

प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाईन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । यो प्रतियोगितामा साउन २१ गतेसम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक संजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिश्पर्धीलाई १ लाख रुपैयाँ र साउन २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई  १०,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।


प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म मोबिलिटी हिजो, आज, र भोलि” विषयमा ज्ञानवर्धक सत्र संचालन गर्दै छन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यलय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टीच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अर्न्तराष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिती रहने छ ।


“नाइमा मोबिलिटी एक्स्पो २०२५” साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुँदैछ । जहाँ ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन्। प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिनेछ ।


Read Previous

विद्युत आपूर्तिमा समस्यापछि फिल्डमा हितेन्द्र, चितवन हुँदै जनकपुरसम्म पुग्ने तयारी 

Read Next

नेपाल टेलिकमको फोर जी सेवामा समस्या

Nepal Purbadhar