Nepal Purbadhar

चौधरी ग्रुपको सिजि ब्रुअरीले ९ महिनामा गर्‍यो २ अर्ब २१ करोडको व्यापार


काठमाडौं । सिजि ब्रुअरी नेपालले २०२५ को ९ महिनामा २ अर्ब २१ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । 

२०२५ को ९ महिनामा यो कम्पनीले २ अर्ब २१ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो । 

नेपालको व्यापारिक समूह चौधरी ग्रुपको यो कम्पनीले यसअघि २०२४ मा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२३ मा ३ अर्ब ५ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, २०२२ मा कम्पनीको व्यापार ४ अर्ब ५४ करोड १० लाख रुपैयाँ थियो भने २०२१ मा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो । 

सिजि ब्रुअरीले नेपालमा नेपाल आइस, मुस्ताङ, रियल गोल्ड, लियोपार्डसलगायतका रक्सीको उत्पादन र बिक्री वितरण गर्नेगर्छ । १९९३ मा खुलेको यो कम्पनीले नेपालका साथै जापान, युके, अमेरिका र अष्ट्रेलियामा समेत रक्सी निर्यात गर्ने गरेको छ । यो कम्पनीको अधिकतम सेयर स्वामित्व सिजि फुड्स नेपालसँग रहेको छ, जुन सिजि ग्रुपको एफएमसिजिको अंश हो ।

हाल यो कम्पनीको नवलपरासीमा ब्रुइङ र बोटलिङको काम हुने कारखाना छ, जहाँ वर्षमा ५ लाख ८५ हजार हेक्टोलिटर बियर उत्पादन हुन्छ । कम्पनीले नेपालभरमा ३०० डिलर र ५३ वटा रिटेल पसलबाट बिक्री वितरण गरिरहेको छ । 

हालका लागि भने यो कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले यो कम्पनीलाई १ अर्ब ६० करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ पाएको छ । 


Read Previous

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाले दिए सर्वोच्चमा रिट

Read Next

संसदीय समितिद्वारा त्रिवि क्रिकेट मैदानको अनुगमन

Nepal Purbadhar