
काठमाडौं । मधेश प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ । वर्षा नभए पछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाव सृजना भएको छ ।
अहिले वीरगन्ज महानगरपालिकाको ३२ वटै वडाहरुमा खाने पानीको चरम अभाब देखिएको छ । पालिकाको १९ नं वडा बिन्ध्यबासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाब देखिएको छ ।

सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ ।
हाल नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा ( बिहान ७ बजे, दिनको २ बजे र साझ ६ बजे) ६ वटा दमकलको साहयतामा दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।

नेपाली सेनाले दिनको ३ पटक पानी वितरण गर्ने गरेको छ, जुन पानी खाना बनाउनदेखि पिउनसम्म प्रयोग हुने स्थानीय मोटर मियाँले बताए ।
‘गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ’, उनले सुनाए ।

स्थानीय सुरज कुमार यादवको अनुसार कुनै पनि स्थानीय सरकार र राजनीति पार्टीले यहाँ केही सहयोग गरेको छैन ‘पानीको समस्या छ अहिलेसम्म नेपाली सेनाले मात्रा पानी दिएको छ, अरु वडा, पालिकाले केही गरेको छैन,’ उनले बताए ।
