
काठमाडौं । सिम्बुवा रेमिट हाइड्रो लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर दिनेश त्रिपाठी नियुक्त भएका छन् ।
उनी खुल्ला प्रतिस्पर्धाबाट ४ वर्षे कार्यकालका लागि सीईओ बनेका हुन् । उनले कार्यभार सम्हालिसकेका छन् ।
उनी नेपाल इन्जिनियर एशोसिएनका पूर्व कोषाध्यक्ष समेत हुन् ।
यो कम्पनीले ७० मेगावाटको सिम्बुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लागेको छ ।