Nepal Purbadhar

दाउन्ने एग्रो फार्मले ९ महिनामा गर्यो १ अर्ब १० करोडको व्यापार


काठमाडौं । कुखुराहरुका लागि दाना उत्पादन तथा बिक्री तथा अन्डाको व्यापार गर्ने कम्पनी दाउन्ने एग्रो फार्म लिमिटेडले ९ महिनामा १ अर्ब १० करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

२०२५ को ९ महिनामा यो कम्पनीले १ अर्ब १० करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

यसअघि २०२४ मा यो कम्पनीले १ अर्ब २१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२३ मा यो कम्पनीको व्यापार १ अर्ब १४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

२०२१ मा ५४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको यो कम्पनीले २०२२ मा भने ५० करोड रुपैयाँको व्यापार गरेको थियो ।

२०१८ मा स्थापित यो कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । ४० वटा कम्पनी तथा व्यक्तिगत सेयरहोल्डर रहेको यो कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व किसान दाना उद्योग प्रालिसँग रहेको छ । यो कम्पनीले लेयर कुखुराका लागि दाना उत्पादन तथा अन्डाको बिक्री वितरण गर्ने गरेको छ ।

हालका लागि यो कम्पनीले १ अर्ब १५ करोड ५७ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमध्ये रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीलाई १ अर्ब ७ करोड ५४ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एल डबल बि माइनस र ८ करोड ३ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।

Facebook Comments

Read Previous

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड

Read Next

एमालेले सडकमै रोक्यो सञ्चारकर्मीलाई

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar