
काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा सरकारले राजस्व संकलनमा राखेको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ ।
गत आव २०८१/०८२ मा सरकारले १४ खर्ब १९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ संकलन भएको छ । गत आवमा संकलन भएको राजस्व सरकारले राखेको लक्ष्यभन्दा १७ प्रतिशत अर्थान २ खर्ब ४१ अर्ब रुपैयाँ कम हो ।
गत आव २०८१/०८२ मा संकलन भएको राजस्व अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को भन्दा १ खर्ब २० अर्ब बढि हो । आव २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ को अर्ध वार्षिक समिक्षामा सरकारले राजस्व संकलनको लक्ष्यलाई संशोधन गरेर १२ खर्ब ८६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यद्यपी आव २०८१/०८२ को अन्त्यसम्म संशोधिन लक्ष्य पनि सरकारले हासिल गर्न सकेन । संशोधिन लक्ष्यभन्दा १ खर्ब ८ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ ।