Nepal Purbadhar

रुसमाथि थप कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कर लगाउने चेतावनी दिएका छन् । 

ट्रम्पले युक्रेन-रुस युद्धमा रुसले देखाएको व्यवहारका कारण आफू अत्यन्तै निराश बनाएको बताएका छन् । उनले ५० दिनभित्र कुनै सम्झौता नभएमा रुसमाथि थप कर लगाउने बताए । 

ट्रम्पले यसलाई माध्यमिक कर भनेका छन्, र यो १०० प्रतिशतसम्म हुन सक्ने बताएका छन् । 

ट्रम्पले आफूले युक्रेन-रुसबीचको युद्ध समाप्त होस भन्ने चाहेको बताएका छन् । यद्यपी रुसका राष्ट्रपति व्लादिमीर पुटिनले भने आफूलाई निराश गरेको उनको जिकिर छ । 

अमेरिकी राष्ट्रपतिले युक्रेनका लागि अर्बौं डलरको हतियार पनि दिइने बताएका छन् । 


Read Previous

भारतबेन्जको गाडी वितरण गर्ने ओम्नी मोटर्सले ९ महिनामा गर्‍यो ७९ करोड ४० लाखको व्यापार

Read Next

इप्पान अब महासंघ बन्ने

Nepal Purbadhar