
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको प्रस्ताव अघि सारेका छन् ।
सोमबार प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै प्रचण्डले संविधान संशोधनका लागि विभिन्न ७ एजेन्डा अघि सारेका हुन् । उनले संविधान संशोधनका लागि आफ्नो पार्टी प्रष्ट रहेको समेत बताएका छन् ।
प्रचण्डले संशोधनका लागि प्रस्ताव गरेका ७ बुँदाहरुमा शासकीय स्वरुप, निर्वाचन प्रणाली, प्रदेशको नमाङ्कन, प्रदेश सीमाङ्कन, पहिचान र अधिकारको सम्बोधन, वित्तिय संघीयता, अझ राम्रो समावेशिता र सामाजिन न्यायमा थप व्यवस्था हुने रहेका छन् ।
उनले अहिलेको सरकार बन्दा नेकपा एमाले र कांग्रेसले संविधान संशोधनका लागि बाचा गरेतापनि व्यवहार नगरेको भन्दै असन्तुष्टी समेत जनाएका छन् ।
साथै उनले वर्तमान सरकारले यी एजेन्डाहरुलाई ध्यानमा राख्दै संविधान संशोधनका लागि अघि बढेमा आफूले पनि साथ दिन तयार रहेको समेत बताए ।