
काठमाडौं । नेपालका लागि जापानी राजदूत मायदा तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । बिहिबार मन्त्रालयमा मन्त्री दाहाल र राजदूत मायदा विच कुराकानी भएको हो ।
भेटका क्रममा जापानी सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरुका बारेमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री दाहालले नेपाललाई भई रहेको सहयोग प्रति जापान सरकारलाई धन्यवाद ज्ञापन गरे ।
मन्त्री दाहाल र राजदूत मायदा विच दुई देशको हितका बारेमा सकारात्मक संवाद भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।
Facebook Comments