Nepal Purbadhar

याक ब्रुअरीको १० महिनाको व्यापार १ अर्ब ६७ करोड


काठमाडौं । बाह्रसिंगे बियर कम्पनी याक ब्रुअरी कम्पनी प्रालि ले १० महिनामा १ अर्ब ६७ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

२०२५ को १० महिनामा कम्पनीले १ अर्ब ६७ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीको व्यापार पछिल्ला वर्षहरुमा निरन्तर बढ्दो क्रममा रहेको छ । २०२२ मा कम्पनीले ९७ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । २०२३ मा कम्पनीको व्यापार ९२ करोड ७० लाख रुपैयाँको पुगेको थियो भने २०२४ मा कम्पनीको व्यापार १ अर्ब २७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापारमा बृद्धि भइरहँदा मार्जिनमा भने केही कमि आएको छ । कम्पनीको इबिआइटिडिए मार्जिन (मूल्यह्रास, ब्याज, कर र अमूर्त सम्पत्तिको मूल्यह्रास अघि को सञ्चालन नाफा) २०२२ मा २३.१६ प्रतिशत थियो । २०२३ मा भने कम्पनीको यो मार्जिन १९.७२ प्रतिशत कायम भएको थियो भने २०२४ मा कम्पनीको मार्जिनमा केही सुधार भएर २२.५८ प्रतिशत कायम भएको थियो ।

२०२५ को १० महिनामा भने कम्पनीको मार्जिन १ अर्ब ६७ करोड २० लाख रुपैयाँ कायम भएको छ ।

२०१३ मा खुलेको यो कम्पनीले बियर उत्पादन गर्दै आएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा उत्पादन कारखना रहेको कम्पनीले त्रशुली खोलाको किनारमा ६.५ विघा जमिनमा उद्योग सञ्चालन गरिरहेको छ । उक्त उद्योगमा ताजा बियर खानेदेखि उद्योग भ्रमण गर्नेसम्मको सुविधा सहित वियर गार्डेन पनि सञ्चालनमा रहेको छ । बाह्रसिंगे बियर ब्रान्ड नाममा यो कम्पनीले पिल्सनर, हेजीलगायतका विभिन्न किसिमका बियर उत्पादन गर्दै आएको छ ।

कम्पनीले ३ लाख ६० हजार हेक्टोलिटर (१०० लिटर बराबर १ हेक्टोलिटर) बियर उत्पादन गर्ने अनुमति पाएकोमा हाल २ लाख ४० हजार हेक्टोलिटर उत्पादन क्षमतामा काम गरिरहेको छ । कम्पनीको सेयर भने अभिशेक श्रेष्ठसँग ४२.५० प्रतिशत, रवि केसीसँग ३७.५० प्रतिशत, मिन राज भुसालसँग १५ प्रतिशत र मुस्कान श्रेष्ठसँग ५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

हालका लागि भने यो कम्पनीले २ अर्ब ३५ करोड ६५ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले कम्पनीलाई ८३ करोड १२ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र १ अर्ब ५२ करोड ५३ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।

Facebook Comments

Read Previous

भोटेकोशी बाढीले १० जलविद्युत् आयोजनामा क्षति, इप्पानद्धारा दु:ख व्यक्त

Read Next

गोल्डस्टार जुत्ता बनाउने किरण सुजले ६ महिनामा गर्‍यो ७९ करोड ६० लाखको व्यापार

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar