Nepal Purbadhar

अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्र जाँदै


काठमाडौं । रसुवामा आएको बाढीका कारण भएको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल रसुवा जाने भएका छन् । 

गत राती तिब्बतबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा क्षति पुगेको छ । बाढीका कारण १८ जना बेपत्ता भएका छन् भने २ जनाको शव पनि भेटिएको छ । 

बाढीका कारण सो क्षेत्रमा के कस्तो क्षति भयो भन्ने स्थलगत निरीक्षणका लागि अर्थमन्त्री पौडेलका साथै अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईलगायतको टोली रसुवा जान लागेको हो । 


Read Previous

रसुवामा बाढी: रसुवागढी जलविद्युत आयोजनाको बाँधको गेट बगायो

Read Next

अर्घखाँची सिमेन्टले ९ महिनामा गर्यो ३ अर्बबढिको व्यापार