Nepal Purbadhar

रसुवामा बाढी: रसुवागढी जलविद्युत आयोजनाको बाँधको गेट बगायो


काठमाडौं । रसुवामा आएको बाढीका कारण रसुवागढी जलविद्युत आयोजनाको बाँधको गेट बगाएको छ । 

नेपाल विद्युत प्राधिकरणकाअनुसार तिब्बतबाट पानीको बहाव बढेर आएसँगै आएको बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा रहेको बाँधको एउटा गेट बाढीले बगाएको हो । उक्त जलविद्युत आयोजना अन्तर्गतको पुल समेत बगाएको छ भने आयोजनाको टेलरेसमा पनि गेग्रान थुप्रिएको प्राधिकरणले जनाएको छ । 

त्यस्तै, त्रिशूली ३ ए आयोजनाको भवनमा पनि बाढी पसेको छ । त्रिशूली ३ बी आयोजनाको सबस्टेसनमा पनि हिलोले पुरिएको विद्युत प्राधिकरणले जनाएको छ । 

बाढीका कारण जलविद्युत आयोजनामा कति क्षति भयो भन्ने प्रारम्भिक विवरण भएतापनि यकिन विवरण भने आउँन बाँकी नै छ । 


Read Previous

तिब्बतबाट आएको बाढीले मितेरी पुल बगायो, रसुवाको ड्राइपोर्ट क्षतिग्रस्त,४ चिनियाँ बेपत्ता

Read Next

अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्र जाँदै