Nepal Purbadhar

मुस्ताङ माउन्टेन होमले १० महिनामा कमायो १३ करोड 


काठमाडौं । मुस्ताङ जिल्लाको मार्फामा रहेको लक्जरी रिसोर्ट मुस्ताङ माउन्टेन होमले १० महिनामा १३ करोड रुपैयाँको व्यापार गरेको छ । 

२०२५ को १० महिनामा कम्पनीले १३ करोड रुपैयाँको व्यापार गरेको हो । 

२०१४ मा स्थापना भएर २०२३ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको मुस्ताङ माउन्टेन होम लिमिटेडले २०२३ मा १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२४ मा भने कम्पनीको व्यापार ७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । 

३५ हजार १०३ वर्ग मिटर क्षेत्रफलमा २९ वटा स्विट कोठाहरु बनाइरहेको मुस्ताङ माउन्टेन होमको बोर्ड अध्यक्षमा यति एयरलाइन्सका कार्यकारी अध्यक्ष समेत रहेका लाक्पा सोनाम शेर्पा रहेका छन् । 

यो कम्पनीले एमएमडी एसियासँग होटल व्यवस्थापन सम्झौता गरेको छ, जसले ब्याङककमा रहेको अन्तराष्ट्रिय ब्रान्ड शिन्ता मनी सञ्चालन गरिरहेको छ । उक्त ब्रान्ड नामका होटलहरु बुटिक होटल हुन, जसलाई डिजाइनर बिल बेन्स्लेले डिजाइन गर्छन् । 

हालका लागि भने यो कम्पनीले ७२ करोड ७ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ७२ करोड ७ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि कम्पनीलाई बि प्लस रेटिङ दिएको छ । 


Read Previous

डाक्टरहरुको आन्दोलनले बिरामीको बिजोग

Read Next

चिकित्सक आन्दोलनको असर: वीरमा पनि बिरामीको बिचल्ली