Nepal Purbadhar

प्रभु हेलिकप्टरको व्यापार घट्यो, एक वर्षमा २६ करोडको व्यापार


काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडको व्यापारमा कमि आएको छ । 

२०२२ मा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीकोको २०२३ को व्यापार झन्डै दोब्बरले बृद्धि भएको थियो । २०२३ मा प्रभु हेलिकप्टरको व्यापार ४१ करोड ७० लाख रुपैयाँ पुगेको थियो । २०२४ मा भने कम्पनीको व्यापारमा कमि आएको छ । 

२०२३ को तुलनामा २०२४ मा कम्पनीको व्यापारमा ३७.६४ प्रतिशतको कमि आएको हो । २०२४ मा कम्पनीले २६ करोड रुपैयाँको व्यापार गरेको छ । 

कम्पनीको व्यापारमा कमि आउँदा पिबिआइएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा)मा पनि कमि आएको छ । २०२२ मा कम्पनीले २७.४८ प्रतिशतको मार्जिन कायम गरेको थियो । २०२३ मा ५४.०८ प्रतिशत कायम भएको मार्जिन २०२४ मा थप कमि आएर ४५.३४ प्रतिशत कायम भएको छ । 

२०१५ मा मुक्तिनाथ एयरलाइन्सलाई खरिद गरेर स्थापना भएको प्रमु हेलिकप्टर प्रालि २०२२ मा प्रभु हेलिकप्टर लिमिटेडमा रुपान्तरण भएको थियो । काठमाडौंमा दर्ता रहेको कम्पनी मुख्य गरि नेपालभित्र माउन्टेन उडान तथा विभिन्न किसिमका उडानसँग सम्बन्धित व्यवसायमा संलग्न छ ।

हालका लागि भने कम्पनीले ६४ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी केयररेटिङ नेपालले यो कम्पनीलाई ६१ करोड ९९ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बी र २ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

गभर्नरको सम्पत्ति: दुई ठाउँमा घर, ४५ तोला सुन, १५ लाखको हिरा

Read Next

यस्तो छ हेटौंडा फर्पिङ हुँदै काठमाडौं आउने बाटो