Nepal Purbadhar

पिलर ठड्याएर आकाशे पुल अलपत्र, जोखिममा पैदल यात्रु


काठमाडौं । ललितपुरको ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलंकी जाने व्यस्त सडक खण्डमा निर्माण थालिएको आकाशे पुल दुई वर्षभन्दा बढी समय बित्दा पनि अधुरै छ । 

कंक्रिटका पिलरहरू ठड्याइएका छन् तर त्यसपछि कुनै काम अघि बढेको छैन । यसले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन् । तीव्र गतिका सवारीसाधनको बीचबाट बाटो काट्दा ज्यानकै जोखिम हुने सर्वसाधारणको भनाइ छ ।

ग्वार्कोमा भने हालैमात्र ओभरपास निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।


Read Previous

बजेटमा ‘टेक एण्ड पे’: फिर्ता गर भन्दै सामाजिक सञ्जालमार्फत ऊर्जा उद्यमीको आन्दोलन

Read Next

नारायणघाट बुटवल सडक ठप्प