Nepal Purbadhar

कुन कुन राजमार्ग अवरुद्ध?


काठमाडौं । आज देशभरका विभिन्न राजमार्ग पहिरो र बाढीका कारण अवरुद्ध रहेका छन् । 

नेपाल प्रहरीले बिहीबार बिहान जारी गरेको सूचनाअनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), म्याग्दी, गुल्मी, जुम्ला र डोल्पाका विभिन्न राजमार्ग अवरुद्ध रहेका छन् । 

धनकुटाको साँगुरिगढी गाउँपालिका वडा नम्बर पाँच क्षेत्रमा पहिरोका कारण रवि राके भेडेटार सडक अवरुद्ध रहेको छ । उक्त सडक एकतर्फी रुपमा सुचारु रहेको छ । 

त्यस्तै, सिन्धुपाल्चोक जिल्लाको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका २ नम्बर वडाको कोदारी, कोल्पाङ र ३ नम्बर वडाको लार्चा क्षेत्रमा पहिरोका कारण बाटो पूर्ण रुपमा अवरुद्ध रहेको छ । 

त्यस्तै, काभ्रेको धुलिखेल नगरपालिका ११ बाँझोखेल क्षेत्रमा बि.पि. राजमार्ग सडक खण्ड एकतर्फी रुपमा सुचारु रहेको छ । 

त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बिनयी त्रिवेणी गाउँपालिका १ अन्तर्गत महेन्द्र राजमार्ग बाढीका कारण पूर्ण रुपमा अवरुद्ध रहेको छ भने म्याग्दीको अन्नपुर्ण गाउँपालिका रुप्से क्षेत्रको बेनी-जोमसोम सडक खण्ड पनि पहिरोका कारण पुर्ण रुपमा अवरुद्ध रहेको छ । 

साथै, डोल्पाको भेरि करिडोर अन्त्रगत त्रिपुरा सुन्द्री नगरपालिका छलघाटको सडकखण्ड पनि बाढीका कारण पुर्ण रुपमा अवरुद्ध रहेको छ । 


Read Previous

सहकारीको रकम अपचलन गरी फरार रहेका आरोपी ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो

Read Next

धारा तेल बेच्ने सौरव ओयल एण्ड एग्रो इन्डस्ट्रिज व्यापार घट्यो