Nepal Purbadhar

सिद्धार्थ इन्टरनेसनल होटलले ९ महिनामा कमायो २५ करोड ९० लाख 


काठमाडौं । सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेडले २०२५ को ९ महिनामा २५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । 

कम्पनीले २०२२ मा २ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२३ मा कम्पनीको व्यापार ७ करोड ४० लाख रुपैयाँ पुगेको थियो । 

२०२४ मा भने कम्पनीले २१ करोड ६० लाख रुपैयाँको व्यापार भएको थियो । २०२५ को ९ महिनामा २५ करोड ९० लाख रुपैयाँको व्यापार भएको छ । 

२०१४ मा खुलेकी सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेडले पाँच तारे होटल सञ्चालन गरिरहेको छ । कम्पनीअन्तर्गत भैरहवामा सिद्धार्थ भिलासा रहेको छ भने बौद्धमा सिद्धार्थ बुटिक होटल नाममा होटल सञ्चालनमा रहेको छ । कम्पनीको स्वामित्व चिन्तामणी (लक्ष्मण) न्यौपानेसँग रहेको छ ।

हालका लागि यो कम्पनी १ अर्ब २६ करोड ९१ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । कुल कर्जा सुविधामध्ये १ अर्ब २५ करोड ८७ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्सले बि प्लस र १ करोड ४ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि एफोर रेटिङ दिएको छ । 


Read Previous

सुनको मूल्य चार हजारले बढ्यो

Read Next

टेल्जी नेपालले बजारमा ल्यायो २ नयाँ मोडलका स्कुटर, कति पर्छ मूल्य ?