
फाइल तस्बिर
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म दैनिक ५ घन्टा बन्द हुने भएको छ ।
शुक्रबारदेखि राती १० बजेर ३० मिनेटबाट बिहान ३ बजेसम्मका लागि मलेखु-मुग्लिन सडकखण्ड पाँच घन्टाका लागि बन्द हुने भएको हो ।
यो सडकखन्डअन्तर्गतको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राखिने भएकाले सडकलाई रातको समयमा बन्द गरिएको हो ।