Nepal Purbadhar

सूचना टाँसेर स्थगीत भयो प्रतिनिधि सभा बैठक


काठमाडौं । निरन्तर प्रतिपक्षी दलले अवरुद्ध गरिरहेका कारण आजको संसद बैठक पनि स्थगित भएको छ । 

प्रतिनिध सभाको बैठक सूचना टाँसेर दिउँसो दुई बजे बस्ने गरि स्थगित भएको हो । यसअघि मंगलबार बिहान ११ बजे बस्ने गरि बैठक बोलाईएको थियो । सूचनामा भनिएको छ, “आज मिति २०८२ साल जेठ २० गते मङ्गलबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”


Read Previous

सहमतिपछि पनि चलेनन् सार्वजनिक यातायात

Read Next

बस्न सकेन प्रतिनिधसभा, भोलीसम्मका लागि स्थगित