Nepal Purbadhar

एचआईडीसीएलको सीईओमा प्रजेशविक्रम थापा नियुक्त


काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रजेशविक्रम थापा नियुक्त भएका छन् ।

थापा यसअघि चिलिमे इन्जिनियरिङ्ग कम्पनी लिमिटेड (चेस्को) का सीईओ थिए। एचआईडीसीएलको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्जुनकुमार गौतमको कार्यकाल समाप्त भएपछि एचआईडीसीएलले गत चैत १५ गते नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो। सोही विज्ञापनअनुसार गठन गरिएको छनोट समितिले थापालाई सीईओमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार, अरुण रजौरिया वैकल्पिक उम्मेदवारको रूपमा चयन भएका छन् । रजौरिया एचआईडीसीएलको स्थापना कालदेखि नै डेपुटी सीईओको रूपमा कार्यरत छन् ।

एचआईडीसीएलको नेतृत्व सम्हाल्दा गौतमले बनाएको विरासत धान्नुपर्ने चूनौती उनलाई छ । आर्थिक रुपमा अन्यन्तै पारदर्शी गौतमले संस्थालाई एक तहमा पुर्‍याएका छन् । उक्त बाटो पछ्याउन सके भने नवनियुक्त सीईओ सफल हुनेछन् ।


Read Previous

आरओआरमा ‘टेक एण्ड पे’ पीपीए:  ‘विद्युत विकास रोकेर नपुगे भारतबाट ल्याउनेतिर सरकार लाग्यो’

Read Next

विद्युतीय पिकअपमा बढ्यो कर

Nepal Purbadhar