Nepal Purbadhar

हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन


काठमाडौँ । सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम विनियोजन गरेका हुन् ।


‘हुलाकी राजमार्गको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तराईको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गरिनेछ,’ उनले भने, ‘यसका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छु ।’


Read Previous

भौतिक पूर्वाधार तथा यातायाात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब विनियोजन

Read Next

तलब बढेन, महंगी भत्ता पाँच हजार पुग्यो