Nepal Purbadhar

नेपालीलाई विदेशमा लगानी गर्न दिइने


काठमाडौं । नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न पाउने भएका छन्  ।

नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् ।

‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ,’ मन्त्री पौडेलले घोषणा गरे ।

विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि उनले बताए । विदेशमा गरिने लगानी स्वीकृति लगानी बोर्डले गर्ने उनले बताए ।


Read Previous

देउवा र ओलीको गृह जिल्लामा एक एक वटा विमानस्थल 

Read Next

औद्योगिक तथा ग्राहस्तवर्गका लागि खपतका आधारमा फरक फरक महसुल हुने