
काठमाडौं । आगामी वर्षको बजेटमार्फत सरकारले सत्तासाझेदार दलका अध्यक्ष र सभापतिको गृहजिल्लामा विमानस्थल बनाउने प्रक्रियालाई अघि बढाउने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संयुक्त सदनमा प्रस्तुत गरिरहेको बजेटमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला तेह्रथुम र सत्ता साझेदार शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विमानस्थलको निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिने बताएका हुन् ।
उनले भने, “तेह्रथुमको को चुहान डाँडा र डडेलधुराको अजयमेरु र उदयपुरको सगरमाथा विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन तयार गरिन छ “
सरकारले बजेटमार्फत आन्तरिक विमानस्थलको पूर्वाधार विकासका लागि ५० करोड बिनियोजन गरेको छ ।