Nepal Purbadhar

आन्तरिक विमानस्थलको पूर्वाधार विकासका लागि ५० करोड, उडान चाप कम भएका विमानस्थलको वैकल्पिक प्रयोग गरिने


काठमाडौं । सरकारले आगामी वर्षको बजेटमा आन्तरिक विमानस्थलको पूर्वाधार विकासका लागि ५० करोड बिनियोजन गरेको छ । 

आव २०८२/०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । 

उडान चाप कम भएका विमानस्थलको वैकल्पिक प्रयोग योजना बनाइने पनि बजेटमा उल्लेखमा छ । नीजि क्षेत्रसँगको सहकार्यमा यस्ता विमानस्थललाई हवाई प्रशिक्षणदेखि अन्य किसिमका उडानसँग सम्बन्धित कार्यको अभ्यासका लागि प्रयोग गरिने गरि विकास गर्ने बजेटमा उल्लेख छ । 

साथै, नेपालमा हवाई सेवा सञ्चालन गरिरहेका हवाई कम्पनीलाई भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्दा सहुलियत दिईने बजेटमा उल्लेख रहेको छ ।


Read Previous

त्रिभुवन विमानस्थललाई बुटिक बनाइने,४ अर्ब विनियोजन

Read Next

नागरिक उड्डयन मन्त्रालयले १३ अर्ब २८ करोड बजेट पायो