Nepal Purbadhar

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब, कुन शीर्षकमा कति?


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश र स्थानीय तहका लागि ५ खर्ब ८२ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन्।

यो रकम राजस्व बाँडफाँट तथा विभिन्न शीर्षकमा दिइने अनुदान समावेश गरी विनियोजन गरिएको हो। चालु आर्थिक वर्ष २०८१/८२ मा मात्र राजस्व बाँडफाँट अन्तर्गत १ खर्ब ६५ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान गरिएको छ।

शीर्षकअनुसार विनियोजन यस्ता छन्:

सशर्त अनुदान

प्रदेश: ३० अर्ब २५ करोड

स्थानीय तह: २ खर्ब ११ अर्ब ४६ करोड

समानीकरण अनुदान

प्रदेश: ६० अर्ब ६ करोड

स्थानीय तह: ८८ अर्ब ६५ करोड

विशेष अनुदान

प्रदेश: ३ अर्ब ३७ करोड

स्थानीय तह: ९ अर्ब ८९ करोड

समपूरक अनुदान

प्रदेश: ३ अर्ब २८ करोड

स्थानीय तह: १० अर्ब ६ करोड

यसरी राजस्व बाँडफाँटसहित प्रदेश तथा स्थानीय तहलाई संघीय सरकारबाट विनियोजित कुल बजेट ५ खर्ब ८२ अर्ब ८२ करोड रुपैयाँ पुगेको हो।


Read Previous

रासायनिक मल ६ लाख मेट्रिक टन आपूर्ति गरिने

Read Next

लगानी बोर्ड नेपालका लागि ७४ करोड विनियोजन