
काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति बृद्धि गरेर ६ लाख मेट्रिक टन पुर्याउने भएको छ ।
आव २०८२/०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
साथै, रासायनिक मलको आपूर्तिका लागि अनुदान २८ अर्ब ८२ करोड बिनियोजन गरिएको उनले बताए ।
रासायनिक मल कारखाना स्थापनाका लागि पनि आवश्यक समन्वय गरिने र लगानी बोर्डमार्फत प्रक्रिया थालिने उनले बताए ।