
काठमाडौं । चालु आर्थिक वर्षको फाल्गुनसम्म कुल २० लाख ७९ हजार ४ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधिसभामा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०८१ फागुनसम्म औपचारिक क्षेत्रका ५ लाख ६८ हजार १ सय ८८, वैदेशिक रोजगारमा रहेका १५ लाख १० हजार ६३, अनौपचारिक क्षेत्रका ४४६ र स्वरोजगार क्षेत्रका ३०७ गरी २० लाख ७९ हजार ४ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन्।
यस अवधिसम्म २० हजार २ सय ४४ रोजगारदाता सूचीकृत भएका छन्।