Nepal Purbadhar

प्रतिनिधिसभाको बैठक आधा घन्टालाई स्थगित


काठमाडौं । प्रतिनिधसभाको बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।

पूर्वनिर्धारित समय ११ बजे सुरु हुन नसकेर दिउँसो १ बजे सुरु भएको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै प्रतिपक्षका नेताहरुले उठेर विरोध गरेपछि पुन स्थगित भएको हो ।

प्रतिपक्षी दलका नेताहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै मंगलबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएसँगै उनको राजीनामाको माग गर्दै प्रतिपक्षी दलका नेताहरुले आवाज उठाईरहेका छन् ।


Read Previous

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता, संसद् अवरोध हटाईदिन आग्रह

Read Next

बजेट ल्याउनमा कुनै व्यवाधान नगर्ने रास्वपाको घोषणा