Nepal Purbadhar

सडक विभागको महानिर्देशकको जिम्मेवारी डा.जैसीलाई, पोखरेल मन्त्रालय तानिए


काठमाडौं । सडक विभागको महानिर्देशकमा डा.विजय जैसी नियुक्त भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल संयोजकत्वमा बसेको मन्त्रालयको बैठकले उनलाई सडक विभागको जिम्मेवारी दिने निर्णय गरेको हो । विभागका महानिर्देशक रामहरी पोखरेल मन्त्रालय तानिएका छन् ।

जैसी सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखामा कार्यरत थिए । उनी २०६३ सालमा इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

उनले नेपाल पूर्वाधारसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पहिलो प्राथमिकता बाढीको चपेटालाई रोक्नु रहेको बताए । उनका अनुसार राजमार्गहरुमा वर्खामा अवरुद्ध नहुने गरी काम गर्ने योजना छ । पहिरो जान सक्ने स्थान र पुल बगाउन सक्ने ठाउँमा जोखिम कम गर्न काम सुरु गर्ने योजना छ । पुँजीगत खर्च बढाउने गरी काम गर्ने उनले बताए । उनको कार्यकालमा सडक विभागले नयाँ उचाई पाउने दाबी छ ।


Read Previous

पञ्चकन्या स्टिलको व्यापारमा २८ प्रतिशतको गिरावट

Read Next

ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्यः ऊर्जामन्त्री खड्का

Nepal Purbadhar