Nepal Purbadhar

आजबाट नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द, यसरी हुँदै छ निर्माण कार्य


काठमाडौं । आजबाट नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ ।

आज १० गतेबाट २५ गतेसम्म बिहानको १०:३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो ।

नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ । सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजना अनुरोध समेत गरेको छ ।

 काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । 


Read Previous

यस्तो छ सुनकोशी मरिन डाइभर्सन आयोजनाको पछिल्लो अवस्था

Read Next

सीडीएससीकी प्रमुख पन्दाकले बदनियतपूर्ण ढंगले आईजीन विवाद सिर्जना गर्दा लाखौं लगानीकर्ता अन्योलमा