Nepal Purbadhar

यस्तो छ सुनकोशी मरिन डाइभर्सन आयोजनाको पछिल्लो अवस्था


मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन गर्ने गरी अघि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ । आयोजनाको शिलान्यास भएको चार वर्ष भइसक्दा आयोजनाको निर्माण १० प्रतिशत पनि नाघेको छैन ।

गत महिना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्त गतिमा अघि बढेको आयोजना चाँडो सम्पन्न गर्नेगरी समाधान खोज्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

सन् २०२१ मा पहिलो ठेक्का लगाएर सुरुङ खन्ने काम सम्पन्न भए पनि हेडवर्क्स निर्माणको काम भने सुस्त गतिमा भइरहेको छ । सन् २०२७ मा हेडवर्क्स निर्माण सम्पन्न गर्नुपर्ने मिति तोकिएको छ ।


Read Previous

११४ वर्षको उज्यालो यात्रा: त्यो जेठ ९ को बत्ति, आजको उज्यालो सपना

Read Next

आजबाट नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द, यसरी हुँदै छ निर्माण कार्य

Nepal Purbadhar