Nepal Purbadhar

सांघाई समूहको त्रिवेणी चामल उद्योगको व्यापार ५६ करोड 


काठमाडौं । व्यापारिक समूह सांघाई परिवारको त्रिवेणी चामल उद्योगको व्यापार ५६ करोड बढिको भएको छ । 

२०२३ मा खुलेको त्रिवेणी चामल उद्योग प्रालिले २०२४ मा ५६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो । 

त्यस्तै कम्पनीको पिबिआईएलडीटी मार्जिक (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) ३.३४ प्रतिशत कायम भएको छ । 

त्यस्तै, २०२५ को पहिलो ९ महिनामा कम्पनीले ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेकव छ ।

त्रिवेणी चामल उद्योग चामलको उत्पादनदेखि प्याकेजिङ र वितरणको काममा संलग्न छ । कम्पनीले मुख्य गरि चामल र त्यसका प्रतिउत्पादनहरुको उत्पादन गर्ने गरेको छ । हाल बिरगञ्जस्थित चोर्नीपर्सामा रहेको कम्पनीको उद्योगबाट प्रतिघन्टा ८ मेट्रिक टनको उत्पादन क्षमता रहेको छ । 

व्यापारिक रुपमा स्थापित सांघाई समूहअन्तर्गत रहेको यो कम्पनीको बोर्ड अध्यक्ष विरेन्द्र कुमार सांघाई रहेका छन् । 

हालका लागि भने कम्पनीले १ अर्ब रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई २५ करोड ४० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र ७४ करोड ६० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

सहकारी खोल्न नपाइने, पूराना सहकारीले शाखा खोल्न नपाउने

Read Next

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का