Nepal Purbadhar

मोतिलाल दुगरको कम्पनी दुगर स्पाईसेस एण्ड फुड्स प्रोडक्ट्स प्रालिको व्यापार कति?


काठमाडौं । दुगर स्पाईसेस एण्ड फुड्स प्रोडक्ट्स प्रालिको व्यापारमा बृद्धि भएको छ । 

कम्पनीले २०२३ मा २ अर्ब १४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२४ मा भने कम्पनीको व्यापारमा केही बृद्धि भएर २ अर्ब १९ करोड ९० लाख रुपैयाँको व्यापार छ । 

त्यस्तै, २०२५ को पहिलो ६ महिनामा कम्पनीको व्यापार १ अर्ब १८ करोड ५० लाख रुपैयाँको भएको छ । 

कम्पनीको व्यापारमा बृद्धि भईरहँदा मार्जिनमा केही केही कमि देखिएको छ । २०२५ को पहिलो ६ महिनाको मार्जिन अघिल्लो वर्षको भन्दा कम देखिएको हो । 

२०२३ मा कम्पनीको पिबिआईएलडिटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) ७.६६ प्रतिशत थियो । २०२४ मा कम्पनीको मार्जिन ९.८५ प्रतिशत कायम भएकोमा २०२५ को पहिलो ६ महिनामा भन् कम्पनीको मार्जिन ७.५६ प्रतिशत कायम भएको छ । 

१९९९ मा सुरु भएको यो कम्पनी विभिन्न किसिमका मसाला, चकलेट, ड्राई फ्रुटस्, सिटिसि चियालगायतका उत्पादनमा संलग्न छ । कम्पनीले सेन्चुरी ब्रान्डको नाममा यी उत्पादनको बिक्री गर्दै आएको छ । बिराटनगरमा कारखाना रहेको कम्पनीबाट वर्षेनी १५ हजार ३० मेट्रिक टन उत्पादन गर्दै आएको छ । 

दुगर स्पाईसेस एण्ड फुड्स प्रोडक्ट्स प्रालि कम्पनी सेन्चुरी ग्रुपअन्तर्गतकै एक भागको रुपमा रहेको छ । कम्पनीमा अध्यक्षमा मोतिलाल दुगर रहेका छन् । यो कम्पनीलाई डोल्मा इम्प्याक्ट फन्डले पनि लगानी गरेको छ, जसले कुल पुँजीमध्ये २४.४४ प्रतिशत सेयर स्वामित्व लिएको छ । 

हालका लागि भने कम्पनीले १ अर्ब रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई ५५ करोड ६६ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि प्लस रेटिङ दिएको छ भने ४४ करोड ३३ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

सिंगटी हाइड्रो इनर्जी लिमिटेड व्यवस्थापनमा अब्बल , आईएसओ प्रमाणपत्र प्राप्त

Read Next

सहकारी खोल्न नपाइने, पूराना सहकारीले शाखा खोल्न नपाउने