Nepal Purbadhar

दुई महिना नबित्दै प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यले प्रवक्ता फेरे, ढकाललाई दिइयो जिम्मेवारी


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले प्रवक्ता फेरेका छन् ।

२ महिना नबित्दै उनले दोस्रो पटक प्रवक्ता फेरेका हुन् ।

राजाभाई शिल्पकारलाई  प्रवक्ता तोकेको २ महिना नबित्दै राजन ढकाललाई उक्त जिम्मेवारी दिइएको छ ।  राजाभाई शिल्पकारले चैत १४ गते प्रवक्ताको जिम्मेवारी पाएका थिए ।

ढकाल ग्रीड सञ्चालन विभागमा कार्यरत छन् ।


Read Previous

२ खर्ब बढीको निर्यातमा कुन वस्तुको कति हिस्सा? 

Read Next

बर्खा नलाग्दै बीपी राजमार्गको हरिबिजोक, बर्खामा गाडी के होला ?