
काठमाडौं । अकामा होटल लिमिटेडको व्यापारमा बृद्धि भएको छ ।
२०२२ मा १० करोडको व्यापारको व्यापार गरेको अकामाले २०२३ मा १७ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
२०२४ मा कम्पनीको व्यापार २५ प्रतिशतले बृद्धि भएर २२ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।
कम्पनीको व्यापारमा बृद्धि भईरहँदा कम्पनीको पिबिआईएलडीटी (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) मार्जिनमा पनि बृद्धि भएको छ । २०२२ मा १०.३३ प्रतिशत मार्जिन कायम भएको कम्पनीको मार्जिन २०२३ मा २४.३१ प्रतिशत पुगेको थियो । २०२४ मा कम्पनीको मार्जिन २६.०१ प्रतिशत पुगेको छ ।
सन् २०१४ मा खुलेर सन् २०२२ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको अकामा होटल लिमिटेडको काठमाडौंमा १०८ कोठासहितको पाँच तारे होटल रहेको छ । पाँच बोर्ड सदस्य रहेको कम्पनीमा बिनय कुमार श्रेष्ठ अध्यक्ष रहेका छन् । अकामा होटल लिमिटेड सानिमा ग्रुप अफ कम्पनीजको बहुउपस्थिति रहेको सञ्चालक सिमितिले सञ्चालन गरिरहेको छ ।
हालका लागि भने कम्पनीले १ अर्ब १० करोड ५२ लाख रुपयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङले कम्पनीलाई दीर्घकालिन कर्जा सुविधाका लागि १ अर्ब १० करोड ५२ लाखको रेटिङमा डबल बि माईनस रेटिङ दिएको छ ।