Nepal Purbadhar

रौतह कन्स्ट्रक्सन प्रालिको व्यापार ५३ प्रतिशतको गिरावट, ४६ करोडको कारोबार


काठमाडौं । ‘ए’ क्लासको कन्स्ट्रक्सन कम्पनी रौतह कन्स्ट्रक्सन प्रालिको व्यापारमा भारी गिरावट आएको छ । 

कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा २०२४ मा ५३ प्रतिशतले गिरावट आएको हो । सन् २०२३ मा कम्पनीले १ अर्ब १ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । तर, २०२४ मा भने कम्पनीको व्यापारमा भारी गिरावट भई कारोबार ४६ करोड ५० लाख रुपैयाँमा सिमित भएको छ । 

कम्पनीले यसअघिका वर्षहरुमा क्रमश: व्यापारमा सुधार गर्दै आएको थियो । कम्पनीले २०२० मा ३९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२१ मा कम्पनीको व्यापार ४८ करोड ८० लाख रुपैयाँ र २०२२ मा ५६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । 

कम्पनीको व्यापारमा २०२४ मा ५३ प्रतिशतको गिरावट भईरहँदा एबिट्टा मार्जिन (ब्याज, कर, मूल्यह्रास, र अमूर्त सम्पत्तिको मूल्यह्रास काट्नु अघि को आम्दानी)मा भने २०२३ को तुलनामा २०२४ मा केही सुधार भएको छ । 

२०२० मा २३.११ प्रतिशत रहेको कम्पनीको एबिट्टा मार्जिन २०२१ मा २०.७२ प्रतिशतमा सिमित भएको थियो । २०२२ मा १७.९३ प्रतिशत पुगेको एबिट्टा मार्जिन २०२३ मा ११.०९ प्रतिशतमा झरेको थियो । २०२४ मा भने कम्पनीको एबिट्टा मार्जिनमा केही सुधार भएर १५.४१ प्रतिशत कायम भएको छ । 

हालका लागि भने कम्पनीले ६ अर्ब १२ करोड ५० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ कम्पनी ईन्फोमेरिक्सले कम्पनीलाई १६ करोड ७२ करोडको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि रेटिङ दिएको छ । त्यस्तै, २४ करोड ४० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । साथै, ५ अर्ब ७१ करोड ३७ लाख रुपैयाँको अल्पकालिन तथा दीर्घकालिन कर्जा सुविधाका लागि कम्पनीले डबल बि र ए फोर  रेटिङ पाएको छ । 

५० वर्षभन्दा लामो ईतीहास बोकेको रौतह कन्स्ट्रक्सन कम्पनी हाल धर्मराज दाहालले नेतृत्व गरिरहेका छन् । दुई दशक लामो अनुभव रहेका दहाल कम्पनीमा कार्यकारी निर्देशकका रुुपमा रहेका छन् । सन १९७७ मा सुर भएर २००६ मा साना तथा लघु उद्योगका रुपमा दर्ता भएको यो कम्पनी सन् २०१६ देखि नेपालमा ए क्लास निर्माण कम्पनीका रुपमा रहेको छ । विगत दश वर्षमा कम्पनीले १३५ परियोजनाहरु सफलताका साथ सम्पन्न गरेको छ जसमा सिँचाईदेखि रेलमार्ग, पुल, सडकलगायत रहेका छन् । 


Read Previous

अल्का हस्पिटलको व्यापार घट्यो

Read Next

चालु आवको १० महिना: १४ खर्ब ७४ अर्बको आयात, निर्यातमा उल्लेखनीय वृद्धि