Nepal Purbadhar

अल्का हस्पिटलको व्यापार घट्यो


काठमाडौं । अल्का हस्पिटलको व्यापारमा गिरावट भएको छ । 

२०२२ यता कम्पनीको व्यापारमा निरन्तर गिरावट आईरहेको छ । २०२२ माम ८१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२३ मा ७८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । 

२०२४ मा भने कम्पनीको व्यापार ७६ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । 

कम्पनीको व्यापारमा गिरावट आउँदा मार्जिनम पनि गिरावट आएको छ । 

कम्पनीकोको पिबिआईएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) पनि घटेको छ । सन् २०२२ मा २५.५१ प्रतिशत रहेको कम्पनीको मार्जिन सन् २०२३ मा ३०.०४ प्रतिशतमा पुगेको थियो । सन् २०२४ मा भने कम्पनीको मार्जिनमा पुन गिरावट आएर २७.७२ प्रतिशतमा सीमित भएको छ । 

सन् २००६ बा६ सुरु भएको कम्पनी अल्का हस्पिटल प्रालिले अल्का इन्स्टिच्युट अफ मेडिकल सायन्स र अल्का अस्पताल सञ्चालन गरिरहेको छ । 

हालका लागि कम्पनीले ६९ करोड ८३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अल्का हस्पिटल प्रालिलाई ६३ करोड ३३ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि त्रिपल बि माइनस र ६ करोड ५० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ । 


Read Previous

नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण, पहिलो निर्णय नोटको डिजाइनसम्बन्धी

Read Next

रौतह कन्स्ट्रक्सन प्रालिको व्यापार ५३ प्रतिशतको गिरावट, ४६ करोडको कारोबार