
काठमाडौं । आज साँझ ५ बजेलाई मन्त्रीपरिषद्को बैठक आह्वान भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेका लागि बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बोलाएको हुन् ।
सोमबार बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको थियो । मंगलबारको बैठकबाट भने राष्ट्र बैंकमा रिक्त रहेको गभर्नर पदमा डा. विश्व पौडेललाई नियुक्ती गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्री परिषद्को बैठक बोलाउनुअघि ओली र सत्ता साझेदार दल कांग्रेका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । दुई नेताबीच गभर्नर नियुक्तीको विषयमा छलफल भएको र डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने विषयमा सहमति पनि भएको छ ।
त्यसको केही समयमै गभर्नर सिफारिस समितिको बैठकसमेत आजै बोलाइएको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे सदस्य छन्।