Nepal Purbadhar

सेन्चुरी फुड प्याकेजिङको व्यापार बढ्यो, कति गर्‍यो कारोबार? 


काठमाडौं । चामलको बिक्री वितरण गर्ने कम्पनी सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग प्रालिको व्यापार बढेको छ । 

२०२२ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा २ अर्ब २२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । 

२०२४ मा कम्पनीले २ अर्ब ५४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । 

राजेन्द्र प्रसाद अग्रवाल अध्यक्ष रहेको कम्पनी विगत दुई वर्षदेखि नेपालमा चामल बिक्री गर्दै आएको छ । कम्पनीले लङ ग्रेन, जिरा, बासमतीलगायतका चामलहरु थकालि, कोहिनुर, सुवाश शाही, सन्चोलगायतका नाममा बिक्री गर्दै आएको छ । २००१ मा खुलेको कम्पनीको उद्योग भने बिराटनगरमा रहेको छ । 

व्यापारमा बृद्धि भईरहँदा कम्पनीको पिबिईएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा)मा भने कमि आएको छ । २०२२ मा ७.२० प्रतिशत पिबिईएलडीटी मार्जिन रहेको कम्पनीको २०२३ मा ७.२६ प्रतिशत पुगेको थियो । २०२४ मा भने कम्पनीको मार्जिनमा कमि आएर ५.५६ प्रतिशतमा सिमित भएको छ । 

कम्पनीले हालका लागि भने ७७ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ५२ करोड रुपैयाँ दीर्घकालिन कर्जा सुविधाका लागि त्रिपल बि माईनस र ७६ करोड ४८ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ । 


Read Previous

कमिसन मागेको गम्भीर आरोपछि सेबोनले हटायो १४ कम्पनीलाई आइपिओको सूचीबाट 

Read Next

डा. विश्व पौडेललाई गभर्नर बनाउन ओली सहमत, आजै नियुक्त गरिने