Nepal Purbadhar

सिमेन्ट कंक्रिट सडक बनाउन सरकारले अध्ययन गरिरहेको छ- मन्त्री दाहाल


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको पनि सहकार्य जरुरी रहेको बताएका छन् ।

सिमेन्ट उत्पादक संघले सोमबार ललितपुरमा गरेको क्रंक्रिट सडक ढलान सम्वन्धिको कार्यक्रममा निजी क्षेत्रसँग साझेदारी गरि पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरि रहेको बताए  ।

विश्वका कतिपय मुलुकमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांश समेत लिने अभ्यास रहेको उल्लेख गर्दै यस्ता सम्भाव्य क्षेत्रको पहिचान आवश्यक रहेको समेत उहाँले उल्लेख गरे । नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगती र टिकाउपनाका कारण कंक्रिट सडक निर्माणलाई अध्ययन गरि प्रवद्र्धन गर्न सकिने पनि उनले बताए ।

नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले सुरु भएका आयोजनाहरुलाई निर्धारित समयमानै पूरा गर्न र अब शुरु गरिने आयोजनाहलाई समेत तोकिएकै समयमा पूरा गराउने वातावरण वनाउन आश्यक रहेको बताए ।

 

कार्यक्रममा विज्ञहरुले सिमेन्ट ढलान गरिएका सडक प्रारम्भिक रुपमा खर्चिलो भए पनि टिकाउपनाका कारण दिर्घकालिन रुपमा किफायती हुने बताएका थिए ।


Read Previous

जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

Read Next

गभर्नर को हुनेमा सहमति नभएपछि मन्त्रीपरिषद्को बैठक स्थगित, प्रधानमन्त्री ओली र देउवा भेट्दै