Nepal Purbadhar

सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर 


काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । 

अख्तियारले पौडेलसहित तत्कालिन सहायक निर्देशक रमेश पोख्रेल, कम्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर ओली र म्याक्स इन्टरनेसनलका सिइओ अकवर हुसैनविरुद्ध मुद्दा दायर भएको हो । 

आयोगले उनीहरुविरुद्ध पाँच करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो ।

आयोगको विज्ञप्तीमा आर्थिक वर्ष २०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार भएको उल्लेख गरिएको छ । केन्द्रका लागि एनआईटिसी/जीएनसीबी-६-०७५/०७६ शीर्षकको खरिदमा भ्रष्टाचार गरि गैरकानुनी लाभ तथा हानी पुर्याएको आयोगले उल्लेख गरेको छ । 


Read Previous

मन्त्रिपरिषद्को बैठक बस्दै, को बन्ला गभर्नर? 

Read Next

नेपालसँग दीर्घकालीन ऊर्जा साझेदारी गर्न आइरेना तयार