
काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालयकाअनुसार सोमबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
सोमबारको बैठक राष्ट्रबैंकका गभर्नर केन्द्रित रहेर बस्ने सचिवालयले जनाएको छ ।
गत बुधबार नै सरकारले गभर्नर नियुक्तीका लागि गभर्नर सिफारिस समिति गठन गरेको थियो । अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन् ।
समितिले सोमबारको मन्त्रीपरिषद्को बैठकमा गभर्नरका लागि नाम सिफारिस गर्ने बताईएको छ ।