
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन थपेको छ ।
कम्पनीले जेठ ५ देखि ७ सम्म, अर्थात १९ देखि २१ मे २०२५ सम्म थपेको हो ।
यस मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन् । यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरी र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन् । यो अफर टाटा टियागो ईभी, कर्भ ईभी, पन्च ईभी, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा लागू हुनेछ ।
ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन् । इच्छुक ग्राहकहरूले देशभर रहेका सिप्रदीको आधिकारिक सोरुममा गई मेलाको अवलोकन गर्न तथा इलेक्ट्रिक गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साह र समर्थनलाई धन्यवाद दिदै यो अभियान थप व्यापक बनाएको छ । इलेक्ट्रिक गाडीमा स्विच गर्न चाहनेहरूले यो अवसर नछुटाउन कम्पनीले आग्रह गरेको छ ।