Nepal Purbadhar

टेरामक्स खरिद प्रकरण : ३ अर्बभन्दा बढी भ्रष्ट्राचार, पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जना विरुद्ध मुद्धा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा भ्रष्ट्राचार भएको भन्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

आरोपीबाट ३ अर्ब २१ करोड रुपैयाँ ८३ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्धा दर्ता गरिएको छ ।

यस अघि नै अनुसन्धान टुंग्याएको भएपनि अख्तियारले मुद्धा दर्ता गर्न सकेको थिएन् ।

नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झँ र पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताचकोटी र अच्युतानन्द मिश्र विरुद्ध मुद्धा दर्ता गरेको छ ।

निर्देशक सुरेन्द्र लाल हाडा, उपनिर्देशक सन्दिप अधिकारी र निर्देशक दिपेश आचार्यलाई समेत प्रतिवादी बनाइएको छ ।

पूर्वमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । अख्तियारले मुद्धा दर्ता गर्ने बित्तिकै उनको सांसद पद स्वत: निलम्बनमा परेको छ ।

Teramox-muddha

Read Previous

काम सक्ने प्रष्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह

Read Next

हुन्डाईको क्रेटा ईभी भैरहवा बुटवल  क्षेत्रमा सार्वजनिक, एकैदिन ३० युनिट डेलिभरी