
काठमाडौं । जलवायु परिवर्तनको असरबारे विश्व समुदायलाई सन्देश दिन नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ ।

कार्यक्रममा विभिन्न देशका उच्चपदस्थ पाहुना, विज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, मन्त्री तथा जलवायु क्षेत्रमा क्रियाशील व्यक्तिहरू सहभागी हुनेछन् । नेपालले सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको हिमाली देशको हैसियतले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउने र प्रभावकारी सन्देश दिने अपेक्षा राखेको छ। सवांदको पहिलो संस्करणको तयारीका सम्बन्धमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन् ।
तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ हयुमानीटी’ संवादको मुख्य उद्देश्य रहेको छ । सगरमाथा संवादमा मानव जगतका विभिन्न समस्याहरू र मुद्दाहरूमा संवाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी