Nepal Purbadhar

प्रधानमन्त्रीको कडा निर्देशनपछि यसरी हुँदैछ त्रिवि क्रिकेट मैदानमा काम

default


काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम तोकिएको समयमा नसिकने भएपछि प्रधानमन्त्री केपी ओली केही दिनअघि कडा रुपमा प्रस्तुत भए ।

तोकिएको समयमा काम नसकिने भएपछि प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका छन् । साथै उनले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनसँगै क्रिकेट मैदानमा तीव्र गतिमा काम भइरहेको छ । असार अन्तिम सातासम्म काम सकिने निर्माण कम्पनीले प्रतिवद्धता गरेको छ ।

फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम भइरहेको छ । प्यारापिट बनाउन बिकेओआई-केसीडिसी-बिजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विशन-ईश्वरी जेभीले ४२ करोड १९ लाखमा ठेक्का पाएका छन् । दुवै काम यही वैशाख २४ गतेभित्र सक्नेगरी मन्त्रिपरिषद‍ बैठकले निर्णय गरेको थियो ।

यसअघि वैशाख ४ गते उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको स्थलगत अनुगमन गरी तोकिएको समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । त्यसपछि उनले केही दिन मन्त्रालयबाटै निर्माण कार्यको अनुगमन पनि गरेका थिए ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

धितोपत्र बोर्डमा अख्तियारको छापा, लियो कागजात नियन्त्रणमा

Read Next

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar