
default
काठमाडौं । यतिबेला गोरखा जिल्लास्थित दरौंदी नदीका फाँटहरु चैते धानले हरियाली देखिएका छन् ।

चैत र असार गरी वर्षमा दुई पटक धान खेती गर्ने सो क्षेत्रका किसान अहिले भने चैते धान गोड्न व्यस्त देखिन्छन् । सिंचाईका लागि दरौंदी नदी उपयुक्त श्रोत भएका कारण सो क्षेत्रका किसानहरु धान खेती सँगै तरकारी खेती समेत गर्ने गर्दछन् ।

बौद्ध हिमालको काखबाट बहने दरौंदी नदी र सो हरियाली फाँट गोरखानगरपालिका र सिरानचोक गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । सो बाटो भएर यात्रा गर्ने जोकोहिलाई पनि अहिले हरिया फाँटले आकर्षण गर्ने गरेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी



