Nepal Purbadhar

विद्युत प्राधिकरणले सबै कम्पनीसँग माग्यो मिडियालाई दिएको विज्ञानपनको विवरण, कारण यस्तो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले मातहतका सबै निकायसँग विज्ञापनको विवरण मागेका  छन् ।

पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा मिडियामा विज्ञापन बाडेको भन्दै ऊर्जा मन्त्रालयको निर्देशनका आधारमा उनले विवरण मागेका हुन् । उनले मातहतका सबै सहायक कम्पनीहरूलाई विज्ञापनसम्बन्धी विस्तृत विवरण पेश गर्न निर्देशन दिएका छन् । घिसिङले मिडियामा अर्बौ रुपैयाँ बाडेर चर्चा पाएको ऊर्जामन्त्री दीपक खड्काले आरोप लगाउँदै शाक्यलाई विवरण माग्न निर्देशन दिएका हुन् ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य र ऊर्जामन्त्री दीपक खड्काको निर्देशनमा शाक्यले उक्त कदम चालेका स्रोतको दाबी छ । स्रोतका अनुसार शाक्यले यसलाई औपचारिकरूपमा श्वेतपत्रमार्फत सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । उनले आगामी साता श्वेतपत्र ल्याउने अन्तिम तयारी गरिरहेका छन् ।

सूचनाको मागमा स्पष्ट गरिएको छ कि कुन मिडिया संस्थालाई कति रकममा कुन-कुन समयमा विज्ञापन दिइएको थियो भन्ने विवरण अनिवार्य रूपमा संकलन गरिनुपर्नेछ । प्राधिकरणसँग आबद्ध एक अधिकारीका अनुसार यो कार्यका पछाडि घिसिङको छवि बिगार्ने उद्देश्य रहेको बुझिएको छ । यदि उनले मनपरी रूपमा विज्ञापन बाँडेको प्रमाण भेटिएमा त्यसलाई सार्वजनिक गरिनेछ ।

कुलमान घिसिङका कार्यकालमा प्राधिकरणले लोडसेडिङ अन्त्य गर्नेसम्मका ऐतिहासिक काम गरेको गरेका थिए । उनी चर्चामा रहेका कारण सरकारले विज्ञापन धेरै दिएको भेटिए सार्वजनिक गर्न लागेको हो ।


Read Previous

विद्युत प्राधिकरणले सबै कम्पनीसँग माग्यो मिडियालाई दिएको विज्ञानपनको विवरण, कारण यस्तो