Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दशगजामा  स्थानीयले बाटो खन्न दिएनन्


झापा–  झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन्।

 गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए। “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौ ” उनले भने, “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ।” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उनले बताएका छन्।

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उनले बताए । “हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं”, उनले भनेका छन्, “तर, हामीलाई दिइएको छैन।” कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उनले बताए । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताएका छन्। विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी दिएका छन्। रासस


Read Previous

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

Read Next

यसकारण आवश्यक छ ‘पोडवे सेवा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *