Nepal Purbadhar

आचार्य र पुनलाई हटाउन गरिएकाे निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश


काठमाडाैं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका २ जना सञ्चालकलाई हटाउन गरिएकाे निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

सर्वाेच्चले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले गत साउन १८ गते सञ्चालक द्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउन गरेकाे निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो।

मन्त्री दिपक खड्काले सञ्चालकहरु आचार्य र पुन लाई पदबाट हटाइ उक्त पदमा सञ्चालक द्वय देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेका थिए।

ट्रंक लाइन र डेडिकेटेड फिडरकाे महसुल विवादमा परेका उद्याेगमा विद्युत जाेड्न प्राधिकरण सञ्चालक समितिले गरेकाे निर्णयमा फरक मत राखेपछि सरकारको निर्देशन पालनामा असहयोग गरेको कारण देखाउँदै सञ्चालक दोय आचार्य र पुनलाई मन्त्रालयले स्पष्टीकरण सोधिएकाे थियो।

मन्त्री खड्काले उनीहरूको जवाफ चित्त बुझ्दो नदेखेको भन्दै पदबाट हटाएर नयाँ सञ्चालक नियुक्त गरेका थिए । आचार्य र पुनले  खारेजीमा परेपछि आफूहरूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न तथा नयाँ नियुक्ति खारेज गर्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।


Read Previous

नेपालले एलडीसीमा स्तरोन्नति पछिका चुनौती कम गर्न बहु-आयामिक रणनीति अपनाउनुपर्छ: अध्ययन

Read Next

विद्युत प्राधिकरणले टिओडी मिटरको डाटासहितको प्रमाण लेखा समितिमा पेश गर्याे